हरेक‌ श्वासमा जिजीविषाको खोज भएँ

बेपर्बाह, बेढङ्गी वसुधाको बोझ भएँ, 

अप्राप्य, अपर्याप्त भोजनको भोज भएँ।


सबै सञ्चित सपनालाई डढाएर रमाउने,

स्मको भग्न भूमिको मस्ती र मोज भएँ।


रणमा रक्तमा शौर्य सञ्चार गर्न असफल,

पराजित मुलुकको धुजा-धुजा ध्वज भएँ।


बेहाल, विशृङ्खलित र जड भो जिन्दगी,

हरेक‌ श्वासमा जिजीविषाको खोज भएँ।।



Comments

Popular posts from this blog

स्वनिगः (काठमाडौं उपत्यका)को भौगर्भिक इतिहास

Let me live forever

Great Wall after 17 years