Posts

Showing posts from 2015

वर्षात

हुरीसँगै बेतोडले आकाशको दूरी नाप्दै गरेको कालो बादलको लहरलाई, रूखहरू मच्चिँदै बिदाइको हात हल्लाई रहेछन् । राहदानी बोकी लाम लागेका खसमहरूलाई फेरी देख्न पाउने-नपाउने अधमरो आशा बोकेर पियारीहरूले बिदाइ गरे झैँ। फरक बस् यता बलेसीमा भेल बग्छ उता आँखामा ।

साना सपनाको भारी

अब आकाश थाम्नु छ साथी भनी, साना सपनाहरूको एउटा भारी  मिल्काएका थियौँ नि हामीले? हो, त्यही भारी खोज्दै छु अहिले । भासमा उभिएर के सकिन्थ्यो खै, त्यो विशाल आकाश बोक्न। बरु हुट्टिट्याउँले थाम्ला हौ आकाश, आफूले त थाम्न सके हुन्थ्यो त्यही सपनाको पोको भए'नि। यहीँ झारे झैँ लाग्थ्यो त, याद छ साना सपनाहरूको त्यो भारी? हो, त्यही भारी खोज्दै छु अहिले। -३० पौष २०७१