माइटोकोण्ड्रीयल ईभ
मातातीर्थ औंसीका दिन हामी सम्पुर्ण मानव ‘होमो स्यापियन्स’की ‘कमन’ जननी ‘माइटोकोन्ड्रीयल ईभ’का बारे। हाम्रा शरीरका हरेक कोशमा शक्ति सञ्चय गर्ने जिम्मा 'माइटोकोण्ड्रीया'को हुन्छ। त्यसमा हुने अनुवंशिक तत्व डिएनए जसलाई एमटी-डिएनए (mtDNA) भनिन्छ- त्यो आमाबाट छोरी हुँदै आउँदो पुस्तामा सर्छ। हाम्रो mtDNAको वैज्ञानिक विश्लेषण गर्ने हो भने आमातिरको वंश (lineage) खुट्याउन सकिन्छ। कुनै महिलाको छोरी नभई छोरामात्र छ भने उनको mtDNA त्यही छोराको पुस्ताबाट अन्त्य हुन्छ- छोरी पनि छन् भने चहिँ पुस्तान्तरण हुन्छ। सन् ८० को दशकको अन्त्यतिर ‘क्यालिफोर्निका विश्वविद्यालय बर्कली’का वैज्ञानिकहरूले संसारभरका विभिन्न जात-जातिका मान्छेहरूको यही mtDNAको वैज्ञानिक विश्लेषण गरे। उनीहरूले ती सबै मानिसहरू लगभग २ लाख वर्ष अगाडिकी एक महिलाका सन्तती हुन् भन्ने पत्ता लगाए। पछि विभिन्न शोधहरूले पनि लगभग १लाख ४० हजार देखि २ लाख वर्ष अगाडिकी एक महिलानै हालका सबै मानिसहरूकी साझा जननी हुन् भन्ने सावित भयो। इसाईहरूको बाइबलमा उल्लेखित पहिलो महिला ‘ईभ’को नाममा ती हाम्री प्राक-बज्यैलाई ‘माइटोकोन्ड्रीयल ईभ’ भन्न थालियो...