दुरी
टाढा हुँदैमा माया बढ्दैन। अँ खुब जानिछ्यौ तिमीले, बढ्छ प्रेम भनि सोच्छौ भने। केही पलको औडाहा अनि, बिसेक हुन्छ विछोडको घाउ यहाँ। सँगै हिँडेका गोरेटाहरू, धुमिल हुन्छन् विस्मृतिमा। आउँछन् खालि स्थान भर्न, नयाँ साथी, नयाँ बाटा, नयाँ सम्झनाहरू। बिर्सिनेछ्यौ मलाई, अनि बिर्सिउलाँ म तिमीलाई। भ्रम हो यो तिम्रो, बढ्छ प्रेम दुरीसँगै भन्छ्यौ भने। टाढा हुँदा माया गढ्छ भन्छ्यौ भने।।