Posts

Showing posts from 2018

मनसरा

केही दिनमा आउँछु भन्यौ,म त हाँसेँ मनसरा, तिमी आउँछौ भनी खुसीले,एक्लै नाचेँ मनसरा। तिमी आए पुग्छ सकुशल,अरु चाहिन्न मलाई हेर तिमीलाई दिन भनी, माला गाँसेँं मनसरा। भुल्नु होला तपाईंले फेरि,भनेथ्यौ है तिमीले, साँच्ची बिर्सिएला है फेरि, पात्रो टाँसें मनसरा। एकोहोरो जीवन यस्तो, दिन-रात ख्याल हुन्न, नर्बिर्सिने तिमी र तिम्रा,याद साँचें मनसरा। भन्छन् अति खुसी पनि, खत हो रे ज्यानलाई, चलेको छ कि बन्द भयो, मुटु जाँचें मनसरा।