मेरो बाटो यहिँ छ
रोग, भोक चाहे बेथिति भन, सुगन्धित माटो यहिँ छ, अन्तै भुले पनि साथी तिमी, मेरो त बाटो यहिँ छ। उज्यालोको दर्शन खातिर, बिताउनु परे 'नि जुग यहाँ, अविछिन्न ढुकढुक गर्ने यो, छातीको देब्रे पाटो यहिँ छ। पराईकोमा रम्दै होस् वा, भौतारिँदै आखिरमा, जतनले मिलाउँदै सिउनु पर्ने, त्यो मनको फाटो यहिँ छ।।