मेरो बाटो यहिँ छ


रोग, भोक चाहे बेथिति भन, सुगन्धित माटो यहिँ छ,
अन्तै भुले पनि साथी तिमी, मेरो त बाटो यहिँ छ।

उज्यालोको दर्शन खातिर, बिताउनु परे 'नि जुग यहाँ, 
अविछिन्न ढुकढुक गर्ने यो, छातीको देब्रे पाटो यहिँ छ।

पराईकोमा रम्दै होस् वा, भौतारिँदै आखिरमा,
जतनले मिलाउँदै सिउनु पर्ने, त्यो मनको फाटो यहिँ छ।।



Comments

suwals said…
mero bata yehi chha!!!!!

Popular posts from this blog

यी भित्ताले नै किच्नेछन्

वर्षात

स्वनिगः (काठमाडौं उपत्यका)को भौगर्भिक इतिहास