वर्षात
हुरीसँगै बेतोडले
आकाशको दूरी नाप्दै गरेको
कालो बादलको लहरलाई,
रूखहरू मच्चिँदै
बिदाइको हात हल्लाई रहेछन् ।
राहदानी बोकी लाम लागेका
खसमहरूलाई फेरी देख्न पाउने-नपाउने
अधमरो आशा बोकेर
पियारीहरूले बिदाइ गरे झैँ।
फरक बस्
यता बलेसीमा भेल बग्छ
उता आँखामा ।
आकाशको दूरी नाप्दै गरेको
कालो बादलको लहरलाई,
रूखहरू मच्चिँदै
बिदाइको हात हल्लाई रहेछन् ।
राहदानी बोकी लाम लागेका
खसमहरूलाई फेरी देख्न पाउने-नपाउने
अधमरो आशा बोकेर
पियारीहरूले बिदाइ गरे झैँ।
फरक बस्
यता बलेसीमा भेल बग्छ
उता आँखामा ।
Comments