साना सपनाको भारी

अब आकाश थाम्नु छ साथी भनी,
साना सपनाहरूको एउटा भारी 
मिल्काएका थियौँ नि हामीले?
हो, त्यही भारी खोज्दै छु अहिले ।
भासमा उभिएर के सकिन्थ्यो खै,
त्यो विशाल आकाश बोक्न।
बरु हुट्टिट्याउँले थाम्ला हौ आकाश,
आफूले त थाम्न सके हुन्थ्यो
त्यही सपनाको पोको भए'नि।
यहीँ झारे झैँ लाग्थ्यो त,
याद छ साना सपनाहरूको त्यो भारी?
हो, त्यही भारी खोज्दै छु अहिले।


-३० पौष २०७१

Comments

Popular posts from this blog

स्वनिगः (काठमाडौं उपत्यका)को भौगर्भिक इतिहास

Let me live forever

Great Wall after 17 years