गजल

तिमीले भनेका चिज, हरेक दिएँ झैं लाग्छ,
हामी‌‌ बीचको‌ हलाहल, सबै पिएँ झैं लाग्छ।

मान्छे हुँ पीडा हुन्छ, मन भित्रै दुखिरहन्छ,
मेरो चोट बिर्सी तिम्रो, घाउ सिएँ झैं लाग्छ।

दुःख सबै मलाई देऊ बरु, सुख बाँडौं भन्थ्यौ,
सुख कुन्नि पाएँ र खै, दु:ख चैं लिएँ झै लाग्छ।

तिम्रै खुसी‌‌ सपना तिम्रै,‌ चाहना मेरा चै  दबाएर,
आफ्नो ठानी मैले जीवन, तिम्रो जिएँ झै‌ लाग्छ।

दुई थियौँ, एक भयौँ तर, 'तिमी' मात्रै भयौँ,
भेट्नु अघि तिमीलाई म, 'आफैँ' थिएँ झैं लाग्छ।

Comments

Popular posts from this blog

स्वनिगः (काठमाडौं उपत्यका)को भौगर्भिक इतिहास

यी भित्ताले नै किच्नेछन्

वर्षात