सानी

​म फर्किने दिन औँला, भाँची कुरे है त सानी।
आउँदै छु भेट्न माला, गाँसी कुरे है त सानी।

जाने बेला कुइनेटोमा, टिल्पिल् थे परेला नि,
ओभानु गरी ती आँखा, हाँसी कुरे है त सानी।

किताबमा राखेकी थ्यौ, सुकिगो कि गुलाब त्यो,
ओइलाउन्न मेरो माया, साँची कुरे है त सानी।

भीडमा एक्लै निस्सासिँदा, तिम्रै याद सहारा थ्यो,
सम्झना मन भरि सारा, टाँसी कुरे है त सानी।

Comments

durga said…
कविता निकै राम्रो छ।

Popular posts from this blog

स्वनिगः (काठमाडौं उपत्यका)को भौगर्भिक इतिहास

Let me live forever

Great Wall after 17 years