देश चलाउन ठेक्कामा दिउँ हेर

म त भन्छु देश चलाउन, ठेक्कामा नै दिउँ हेर,
आह्वान गरी बोलपत्र, आवेदन नै लिउँ हेर।
मुकुट थियो,घाम आयो, रूख अनि जङ्गल छायो,
आफ्नै हात जगन्नाथ, जनताको चै निउँ हेर।
हट्ने होइन डटी लड्ने, ङिच्च गरी झोली थाप्ने,
वीर हामी पानी धरि, मागेर नै पिउँ हेर।
देशप्रेम नशामै बग्छ, मुटुमा हाम्रो चन्द्र सूर्य,
डिभी-पीआर फारम भरी, देशभक्त भै जिउँ हेर।

Comments

Popular posts from this blog

स्वनिगः (काठमाडौं उपत्यका)को भौगर्भिक इतिहास

यी भित्ताले नै किच्नेछन्

वर्षात