भिन्नता

रूख पहेलिंदै छन् यहाँ, 
उता सयपत्री फुल्दा हुन्,
झर्दा पात हाँगाबाट यता,
धान बयेली खेल्दा हुन्,
शिशिरको प्रतिक्षामा
खाली आकाश यता, 
उता नीलो आकाशमा
चङ्गा कावा खाँदा हुन्।

Comments

Popular posts from this blog

स्वनिगः (काठमाडौं उपत्यका)को भौगर्भिक इतिहास

यी भित्ताले नै किच्नेछन्

वर्षात