Posts

विदाई (लघुकथा)

 ढोका बाहिर उभिएर घण्टी बजाउँदै गर्दा ऊ असमञ्जस्यमा परेको थियो। दुई हप्ता अगाडि सम्म यो दुई कोठे अपार्टमेण्ट उसको पनि घर थियो, जहाँ उसले र स्पृहाले गृहस्थीको गुँड बनाएर बसेका थिए। तर त्यो अध्याय स्पृहासङ्गको सम्बन्ध छुट्टिनु अगाडिको थियो। ढोका खोल्दै स्पृहाले हास्दै भनिन्- “ओहो हामी तिमीलाई नै पर्खिँदै थियौँ, आऊ न भित्र”। स्पृहा आज अर्कै थिइन्। केही दिन अगाडि पारपाचुकेको कागजात मिलाउने दिनमा उनले बबाल नै गरेकी थिइन्। समय समयमा निकै आक्रमक हुने उनको बानी सारा चिनेजानेकालाई थाहा थियो। तर सङ्गै जीउने मर्ने कसम खाएको पतिले भर्खरै भेटेकी केटीका लागि १० वर्षको सम्बन्ध चटक्क छोड्छ भने त्यसको बज्रपात बेहोर्ने उसको तरिका अन्यथा मान्न पनि त मिल्दैन थियो। फेरि उसले पनि मायाको प्रेमजालमा परेर स्पृहालाई धोका नै दिन त हुने थिएन। ऊ यही सोच्दै थियो, अपिसका कार्कीसर आएर “जाऔं सर खाना तिर लागौँ” भनेर उसलाई तानेर लग्यो। त्यो सानो अपार्टमेण्टमा अपिसका लगभग सबैजना थिए। भोलिपल्टै क्यानडा जान लागेकी स्पृहाले विदाई डिनर भनेर सबैलाई डाकेकी थिइन्। 'नयाँ रिसेप्सनिष्ट सङ्ग लागेर मेरो पतिले मलाई धोका दिँदा अझै...

भूकम्पको नालीबेली

Image
सन्दर्भ- २६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस                                                                                                              - सुवेग बिजुक्छेँ एकछिन कल्पना गरौँ– माघको एक शनिबार, कौसीमा पल्टेर तपाईँ पहारिलो घाम ताप्दै फेसबुकमा कुनै दुईपक्ष कमेन्टमा झगडा गर्दै गरेको मोबाइलमा पढेर आनन्द लिइराख्नुभएको छ । एक्कासि कौसी हल्लिएको महसुस गर्नुहुन्छ । सँगै राखेको पानीको बोतल, गिलास–भाँडाकुँडा, कौसीको डिलमा राखिएको गमला, भित्र दराजमा भएका वस्तुहरू लड्नखस्न थाल्छन् । जमीन हल्लिएर मच्चिन थाल्छ– मानिसहरू ‘राम–राम’ भन्दै बाहिर खुलातिर दौडिन थाल्छन् । अत्तालिँदै तपाईँ एकै सासमा तल चोकमा पुग्नुहुन्छ । अनि, चारैतिर धुलो उड्न थाल्छ– घरहरू चर्केका, भत्कि...

माइटोकोण्ड्रीयल ईभ

मातातीर्थ औंसीका दिन हामी सम्पुर्ण मानव ‘होमो स्यापियन्स’की ‘कमन’ जननी ‘माइटोकोन्ड्रीयल ईभ’का बारे।  हाम्रा शरीरका हरेक कोशमा शक्ति सञ्चय गर्ने जिम्मा 'माइटोकोण्ड्रीया'को हुन्छ। त्यसमा हुने अनुवंशिक तत्व डिएनए जसलाई एमटी-डिएनए (mtDNA) भनिन्छ- त्यो आमाबाट छोरी हुँदै आउँदो पुस्तामा सर्छ। हाम्रो mtDNAको वैज्ञानिक विश्लेषण गर्ने हो भने आमातिरको वंश (lineage) खुट्याउन सकिन्छ। कुनै महिलाको छोरी नभई छोरामात्र छ भने उनको mtDNA त्यही छोराको पुस्ताबाट अन्त्य हुन्छ- छोरी पनि छन् भने चहिँ पुस्तान्तरण हुन्छ।  सन् ८० को दशकको अन्त्यतिर ‘क्यालिफोर्निका विश्वविद्यालय बर्कली’का वैज्ञानिकहरूले संसारभरका विभिन्न जात‍-जातिका मान्छेहरूको यही mtDNAको वैज्ञानिक विश्लेषण गरे। उनीहरूले ती सबै मानिसहरू लगभग २ लाख वर्ष अगाडिकी एक महिलाका सन्तती हुन् भन्ने पत्ता लगाए। पछि विभिन्न शोधहरूले पनि लगभग १लाख ४० हजार देखि २ लाख वर्ष अगाडिकी एक महिलानै हालका सबै मानिसहरूकी साझा जननी हुन् भन्ने सावित भयो। इसाईहरूको बाइबलमा उल्लेखित पहिलो महिला ‘ईभ’को नाममा ती हाम्री प्राक-बज्यैलाई ‘माइटोकोन्ड्रीयल ईभ’ भन्न थालियो...

हरेक‌ श्वासमा जिजीविषाको खोज भएँ

Image
बेपर्बाह, बेढङ्गी वसुधाको बोझ भएँ,  अप्राप्य, अपर्याप्त भोजनको भोज भएँ। सबै सञ्चित सपनालाई डढाएर रमाउने, भ स्मको भग्न भूमिको मस्ती र मोज भएँ। रणमा रक्तमा शौर्य सञ्चार गर्न असफल, पराजित मुलुकको धुजा-धुजा ध्वज भएँ। बेहाल, विशृङ्खलित र जड भो जिन्दगी, हरेक‌ श्वासमा जिजीविषाको खोज भएँ।।

गजल

तिमीले भनेका चिज, हरेक दिएँ झैं लाग्छ, हामी‌‌ बीचको‌ हलाहल, सबै पिएँ झैं लाग्छ। मान्छे हुँ पीडा हुन्छ, मन भित्रै दुखिरहन्छ, मेरो चोट बिर्सी तिम्रो, घाउ सिएँ झैं लाग्छ। दुःख सबै मलाई देऊ बरु, सुख बाँडौं भन्थ्यौ, सुख कुन्नि पाएँ र खै, दु:ख चैं लिएँ झै लाग्छ। तिम्रै खुसी‌‌ सपना तिम्रै,‌ चाहना मेरा चै  दबाएर, आफ्नो ठानी मैले जीवन, तिम्रो जिएँ झै‌ लाग्छ। दुई थियौँ, एक भयौँ तर, 'तिमी' मात्रै भयौँ, भेट्नु अघि तिमीलाई म, 'आफैँ' थिएँ झैं लाग्छ।

स्वनिगः (काठमाडौं उपत्यका)को भौगर्भिक इतिहास

Image
- सुवेग बिजुक्छेँ*  चारैतिर पहाडले घेरिएको उर्वर खेतीयोग्य स्वनिगः ( काठमाडौं उपत्यका ) मा परापुर्वकाल देखिनै मानव बस्ती रहिआएको हामी इतिहासमा पढ्न पाउँछौँ । मनग्गे उब्जनी हुने मलिलो माटोका कारण भएको कृषिको विकासले मानव सभ्यताका विभिन्न कालखण्डमा स्वनिगः समृद्ध रहँदै आएको हो । त्यो उर्वर र मलिलो माटोको इतिहास बुझ्न भने मानव उत्पत्ति भन्दा पनि निकै पुरानो समयमा फर्किनु पर्ने हुन्छ । निकै समय अगाडि आजको स्वनिगः भएको स्थानमा एक विशाल ताल रहेको र त्यही तालको पिँधमा समयक्रम सङ्गै थुप्रिएका बालुवा , माटो नै ताल सुकेपछि उर्वर फाँटमा परिणत भएको तथ्य हामीमध्ये धेरैले सुनेका / पढेका छौँ । आजको स्वनिगः कुनै बेला विशाल र आकर्षक ताल रहेको कुरा हाम्रा धार्मिक मिथकहरूमा पनि पाइन्छ र यहाँ भएका भौगर्भिक अध्ययनहरूले पनि यही कुराको वैज्ञानिक पुष्टि गर्दछ । स्वीस् भूगर्भविद् तथा नेपालविद् टोनी हागनले सन् १९६९ मा आफ्नो ‘ नेपालको भौगर्भिक सर्वेक्षण प्रतिवेदन ’ मा पनि यो कुरा...